त्रिविको मार्क सिट अनलाइनबाटै

काठमाडाैं | माघ ११, २०८०

त्रिविको मार्क सिट अनलाइनबाटै

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने भएको छ । यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी गरेको हो ।


परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका सेवा अनलाइन मार्फत नै दिनेगरी व्यवस्था मिलाउन लागेको हो । त्यसका लागि आवश्यक तिर्ने पर्ने शुल्क समेत अनलाइन मार्फत नै तिर्ने पर्नेछ ।


त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने र विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय ९प्रदेश कार्यालय० बाट वितरण गरिने पनिकाले जनाएको छ ।


यी सेवाहरू १५ माघ २०८० सोमबार बिहान १० बजेदेखि सञ्चालनमा आउने र केही समय अनलाइन र अफलाइन दुवै सेवाहरू सञ्चालन हुने पनिकाले जनाएको छ । नाम, थर आदी सच्याउने प्रक्रियाको लागि आवश्यक प्रमाणहरू आफू पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुसिथत केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।


प्रमाणपत्रहरू सङ्कलन गर्दा स्वयम् वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनुपर्नेछ । यो प्रक्रियासँग सम्बन्धित केही समस्या भएमा इमेल वा फोन नम्बर मार्फत सूचना आदान प्रदान गरिने भएकाले आफ्नो सम्पर्क नम्बर र इमेल अनुसार नै आवश्यक कागजात अपलोड गर्न पनिकाले अनुरोध गरेको छ । 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्